सरकार केन्द्रित दलहरु सत्ता टिकाउने खेलमा लागेको एकीकृत माओवादीका अध्यक्ष दाहालको आरोप

भैरहवा  । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार केन्द्रित दलहरु सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको बताएका छन् ।
शनिबार गौतमबुद्ध विमानस्थल भैरहवामा क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सरकारको कारण मुलुकमा समस्या निम्तिएको उल्लेख गरे ।
 
३० दलीय मोर्चाको संयोजकसमेत रहेका दाहालले कांग्रेस-एमाले नेतृत्वको सरकार सहमति गर्नभन्दा विमति गर्न उद्दत भएकाले मुलुकमा संक्रमणकाल लम्बिएको बताए ।
मोर्चामा देखिएको खटपट सामन्य भएको जनाउँदै केही दिनमा त्यसको समाधान हुने उनको भनाइ थियो । उनले विपक्षी मोर्चा सहमतिमा संविधान जारी गर्ने सोचमा रहेकाले सरकार र सरकारबाहिर बसेका सम्पूर्ण दल  मिल्नुको विकल्प नरहेको उल्लेख गरे । इमेजखबरमा समाचार छ ।