कन्चनपुर । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ४ वर्षपछि गैंडा गणना थालिएको छ । प्रत्येक ४ वर्षमा गणना गरिने गैंडा गणनाका लागि आवश्यक प्राविधिक जनशक्तिलगायतका सबै तयारी भइसकेको आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।
गणनका लागि अधिकृत ढकालको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । आरक्षमा ४ हात्ती परिचालन गरी गैंडा गणना थालिएको छ । सरकारले गत चैत्र २० गते चितवन राष्ट्रिय निकुञ्ज र बर्दियापछि शुक्लाफाँटामा गणना गर्ने निर्णय गरेको थियो ।
दुई महिनासम्म चल्ने गणनामा दुई लाख ५० हजार खर्च हुने जनाइएको छ । इमेजखबरमा समाचार छ ।