केशब भुसाल
दोहा । अर्घाखाँची सेबा समाज कतारको २९ औ मासीक नीयमीत बैठक संस्थाका अध्यक्ष श्री युबराज पाण्डेको सभापतीत्वमा १७ अप्रील २०१५ का दीन दोहाको मुन्तजा पार्कमा सम्पन्न भएको छ ।
महासचीब केदारनाथ भुसाल द्धारा सन्चालीत उत्त बैठकमा संस्थाको सदस्यता नबीकरण, नया सदस्यता , आजीबन सदस्यता बितरण, अबिधेशन, दुबै मृगौला पीडीत बाँगी ७ निबासी राम बहादुर बस्नेतको उपचारको लागी सहयोग संकलन लगायतका बिषयमा छलफल भयो ।
संस्थाले आगामी १२ जुन २०१५का दीन दोस्रो अबिधेशन गर्ने निर्णय गरेको छ साथै उत्त अबिधेसन लाई भब्य र सब्य रुपमा सफल पार्नकोलागी आबश्यक कार्य पनि बिभाजन गरी जीम्मा दीने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष श्री युबराज पाण्डे, उपाध्यक्ष श्री ठाकुर कुमार परियार, महासचिब श्री केदारनाथ भुसाल सचीब श्री केशब भुसाल, कोषाध्यक्ष श्री टेकराज थापा, सदस्यहरु श्री कृष्ण साह, श्री बोम बहादुर बस्नेत, श्री घनश्याम न्यौपाने, श्री बिष्णु बहादुर कुवर, श्री कृष्ण प्रसाद श्रेष्ठ, सल्लाहाकार श्री बेदराज अधिकारी, श्री कृष्ण बहादुर कुवर, श्री नीर्मल पौडेल, श्री दीपक नेपाली , लगायत जील्लाबासीहरुकोे उपस्थीती रहेको सो बैठकमा बिभीन्न निर्णयहरु गरीएको थियो ।
संस्थाका सम्पुर्ण पदाधीकारीहरुले आ आफनो मनतब्य राख्नुभएको सो बैठकमा सचिब केशब भुसालले दुबै मृगौला पीडीत राम बहादुर बस्नेतको सहयोगार्थ उठाउने गरीएको रकम संस्थागत रुपमा बन्द गरीएको र उठेको रकम यथासक्य पीडीतलाइ नेपाल पठाउने गरी सम्पुर्ण रकम र सहयोगीहरुको नामावली सामाजीक संजालमा प्रकाशीत गर्ने जानकारी गराउनु भएको थियो । संस्थाले सहयोगी हात हरुमा हार्दिक आभार साथै धन्यबाद प्रकट गरेको थियो ।
अर्घाखाँची सेबा समाज कतारको साधारण सदस्यता लीन र नबिकरण गर्न सम्पुर्ण जील्लाबासीहरुलाइ अनुरोध गर्दै अन्य संस्थागत निर्णयहरुमा पनि एक भई अघि बढन अनुरोध गर्दै अध्यक्ष श्री युबराज पाण्डेले बैठक समापन गर्नु भएको थियो ।