दाङ – दाङमा नदीमा डुबेर शनिबार तीन जनाको मृत्यु भएको छ ।
तुलसीपुर नगरपालिका वडा नं. १८ शीतलपुरस्थित बबई नदीमा डुबेर रुकुम मुसिकोटका १७ वर्षीय मन्जित गौतम र भलचौर ७ सल्यानका १८ वर्षीय भरत चन्दको मृत्यु भएको छ । यसैगरी देउखुरीस्थित राप्ती नदीमा डुबेर लालमटिया ४ का १२ वर्षीय कमल पौडेलको मृत्यु भएको छ ।
गौतम र चन्द दाङमा अध्ययनरत थिए । दिउँसो नदीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी चक्रराज जोशीले बताए । पौडेल शुक्रबारदेखि नदीमा बगेर वेपत्ता थिए । उनको शव शनिबार फेला परेको प्रहरीले जानकारी दिएको छ । ईकन्तिपुरमा समाचार छ ।