एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको काम प्रक्रियाबाटै हुने बताएका छन्।
क्रान्तिकारी पत्रकार सङ्घ नवलपरासीले कावासोती-१६ डण्डामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने- दलहरूबीच झण्डैझण्डै सहमति भएको छ, सहमति नभएको राज्यको पुनःसंरचना हो, त्यसमा पनि हिजोका सहमति सम्झौतालाई काँग्रेस-एमालेले नबिर्सँदा सहमति हुन्छ।
‘न्याय प्रणाली, निर्वाचन प्रणालीमा सहमति भएको र शासकीय स्वरुपमा नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर गएपछि आलोचनात्मक सहमति जनाउने भनेका हौँ, बाँकी राज्यको पुनःसंरचना हो त्यो पहिचान र सामथ्र्यको आधारमा हुनुपर्छ भन्ने हाम्रो धारणाा छ’ दाहालले भने।
‘पहिचान र सामथ्र्यको आधारमा प्रदेश निर्माण गरिए एमाओवादी प्रदेशको सङ्ख्यामा अडान राख्दैन, ६, ८, १० जति प्रदेश भएपनि त्यो पहिचान र सामथ्र्यकै आधारमा हुनुपर्छ’ दाहालले भने, ‘पहिचान र सामथ्र्यका आधारमा सङ्ख्या र नाम के हुने भन्नेमा छलफल भइरहेको छ, त्यो सकारात्मक छ।’ रासस