वैदेशिक रोजगारका क्रममा ठगिएपछि बदला लिन हत्या गर्ने योजना बनाएका समूहलाई पेस्तोल सहित पक्राउ

चितवन। हत्या र अपहरणको योजना बनाउने एक समूहलाई चितवन प्रहरीले घटना अगावै पक्रेको छ ।
वैदेशिक रोजगारका क्रममा ठगिएपछि बदला लिन हत्या गर्ने योजना बनाएर चितवन पुगेको समूहलाई प्रहरीले पक्रेको हो ।
उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरि आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्ने रोल्पाका प्रेम रोक्कामगर, दाङका विशाल घर्तीमगर, सिन्धुपाल्चोकका प्रेम तामाङ, मोरङका मयंक साह र नवलपरासीका मीनबहादुर राना हुन् । प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, गोली, फलामे चपर एक थान र एउटा ट्याक्सी नियन्त्रणमा लिएको छ ।
प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले पक्राउ परेकामध्ये रोक्कामगर र घर्तीमगरलाई वैदेशिक रोजगारमा दक्षिण अफ्रिका पठाएको र कानून विपरीत भएपछि उनीहरु त्यहाँ पक्राउ परी नेपाल फर्किएको बताए ।
नेपाल फर्किएपछि उनीहरुले विदेश पठाउने व्यक्तिलाई पैसा फिर्ता गर्न कागज गराउने र नमाने गोली हानी हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।
उक्त योजना सफल नभए नारायणगढका व्यापारीलाई अपहरण गरी फिरौती असूल गर्ने तयारीमा उनीहरु रहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।