नाइजेरियाको दक्षिण पुर्बी क्षेत्रमा फैलिएको अज्ञात रोगको कारण १८ जनाको मृत्यु

नाइजेरियाको दक्षिण पुर्बी क्षेत्रमा फैलिएको अज्ञात रोगको कारण १८ जनाको मृत्यु भएको छ । नाईजेरियाको अन्डु प्रान्तस्थित ईरिल सहरमा सर्बप्रथम देखा परेको यो रोग हाल अन्यत्र पनि फैलदै गएको छ ।
रोगको प्रारम्भिक लक्षणमा सुरुमा आँखा धमिलो हुने, टाउको दुख्ने र अन्त्यमा होस गुमेर २४ घण्टा भित्र बिरामीको मृत्यु हुने गरेको पाइएको छ ।
स्थानिय स्वास्थ्य अधिकारी र बिश्व स्वास्थ्य संगठनका प्रतिनिधिले अप्रिल १३ देखी १५ को बिचमा संक्रमित ब्यक्तिको संख्या क्रमशः बढेको र रोगको पहिचान गर्ने प्रयास जारी रहेको बताएका छन ।
अहिलेसम्मको अनुसन्धानमा इबोला वा अन्य संक्रमणजन्य रोगमा आधारित रहेपनि यसलाई पुष्टि गर्ने कुनै आधार फेला पार्न सकिएको छैन ।
ईबोलाको महामारीले हजारौंको ज्यान गुमेको अफ्रिकी महादेशमा फेरी अर्को अनौठो रोग देखा परेपछि सर्वसाधारण भने त्रसित छन् । – एजेन्सी