काठमाडौं । सरकारले राष्ट्रिय जीवनको बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई आज एक कार्यक्रमबीच मानपद्वीद्वारा विभूषित गरेको छ ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति डाक्टर रामवरण यादवले मानपद्वीद्वारा उनीहरुलाई बिभूषित गरे । सरकारले यस बर्षको नेपाल रत्नबाट मरणोपरान्त गिरिजाप्रसाद कोइरालालाई विभूषित गरेको छ ।
त्यसैगरी महाउज्वल राष्ट्रदीप प्रथम श्रेणीबाट अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मी, मरणोपरान्त पूर्व उपप्रधानमन्त्री शैलजा अचार्य र नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङ्लाई विभूषित गरिएको छ ।
उज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे र साहित्यकार मोदनाथ प्रश्रितलाई विभूषित गरिएको छ ।
त्यसैगरी प्रशिद्ध जनसेवा प्रवल तृतीयबाट पूर्व मन्त्री ऋद्धिबाबा प्रधान, विद्याधर मल्लीक, माधवप्रसाद पौडेल, शंकर कोइराला, छविराज पन्त, रामकुमार श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रतीलगायतलाई बिभूषित गरियो ।
त्यसैगरी सरकारले शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा, साहित्य, कानूनलगाययतका बिभिन्न क्षेत्रमा महत्पूर्ण योगदान पु