वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – एकपटक विदेश हान्निएपछि फिरेर आउँदा आफ्नो गाउँघरको आम्दानी निकै थोरै जस्तो लाग्छ । तर श्रम विदेशको जसरी गरे यहाँ पनि नहुने भन्ने छैन । यहाँ विदेश बसेर फिरेका र गाउँमै बसेका युवाले कुखुरापालन व्यवसाय थालेर आफ्नो जीविकोपार्जन सहज बनाउनुका साथै उदाहरणीय बनेर देखाएका छन् ।
धेरै पैसा कमाउन बाँगीका लक्ष्मण महत कतार पुगे । तीन वर्षपछि फिरे । उनीसँगै काम गरेका साथी पुनः कतार र्फके । उनले भने कुखुरापालन थाले । उनले भने, ‘कतारमा भन्दा कुखुराबाटै मलाई यहाँ खुसी मिल्यो । उता गर्नेजति मेहेनत गरे यहाँ पनि हुने रहेछ ।’
अहिले र्फममा दुई हजार कुखुरा छन् । अण्डा र मासुका लागि उत्पादित कुखुराको १० वर्षको कमाइबाट सदरमुकाममा घडेरी किनेका छन् । छोराछोरीलाई महँगो स्कुलमा पढाएका छन् । उनका अनुसार खर्च काटेर वर्षमा २ देखि ३ लाखसम्म बचत भएको छ । गाउँमा यस्तो गर्ने महत एक्ला होइनन् । टोलैपिच्छे डेढ महिनाभित्र एकदेखि पाँच किलोसम्म तौलको हुने ब्रोइलर कुखुरापालन निकै फस्टाएको छ । व्यवसायमा लागिपरेकाहरू धेरैजसो महतजस्तै विदेश गएर र्फकेकाहरू छन् ।
पोखराथोकका अच्युत गौतम र चन्द्रकान्त पौडेलसहित १० जनाले एउटै र्फममा सात हजार कुखुरा पालेका छन् । ‘उत्पादनभन्दा माग बढी छ,’ पौडेलले भने, ‘परिश्रमअनुसारको फल पाउँदा खुसी छौं ।’ यसैबाट महिनामा एक लाखको कारोबार भइरहेको उनले बताए । अधिकांशले वाषिर्क न्यूनतम ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । ‘एउटा सानो जग्गामा र्फम बनाएर सयौं पाल्न सकिने भएकाले कुखुरापालन बढेको हो,’ श्याम पाण्डेले भने, ‘दुई वर्षदेखि ब्रोइलर पाल्दै छु । वर्षको १ लाख २० हजारको सेरोफेरोमा कमाइ छ ।’ गोमबहादुर बस्नेत भारतीय भूपू सैनिक हुन् । उनले सन्धिखर्कमा पाँच सय कुखुरा पालेका छन् ।
‘यो पेसा आनन्दको छ,’ उनले भने, ‘बिहान ४ बजे नै उठेर कुखुरालाई पानी र दाना दिन्छु । पालेर मात्र हुन्न । मेहेनत पनि गर्नुपर्छ ।’
कुखुरा उत्पादन अत्यधिक हुन थालेपछि उपभोक्तालाई स्वच्छ र सफा मासु बिक्री वितरणका लागि पसल व्यवस्थित गर्न ध्यान दिइएको पशु चिकित्सक डा. नारायण घिमिरेले बताए । उनले भने, ‘व्यवस्थित तरिकाले गर्दा कुखुरापालनले धेरैलाई फाइदै भएको छ ।’ उद्योग वाणिज्य संघ महासचिव नेत्रप्रसाद भुसालका अनुसार सदरमुकाममा वाषिर्क ७ करोड रुपैयाँ बराबरको मासुको कारोबार हुन्छ । व्यवसायी शम्भु केसीका अनुसार बढ्दो मागको अनुपातमा स्थानीयस्तरमा पोल्ट्री व्यवसाय अझै बढ्न सक्छ ।
उनले भने, ‘कुखुरा नपाइँदा माग पनि थिएन । फारम खुलेपछि कुखुराको मासु खाने उपभोक्ता बढे ।’ मासु व्यावसायी संघका अनुसार सदरमुकाममा दैनिक एक हजार किलो किनबेच हुन्छ । टोलैपिच्छेका र्फममा उत्पादन गर्ने भए पनि गाउँमै खपत बढ्दा दुई महिनायता सन्धिखर्कमा भने कुखुराको मासुको आपूर्ति निकै कम छ ।