काठमाडौ – प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जकार्ता र वाङ्डुङमा आयोजना हुने एसियाली-अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली-अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री कोइरालालाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीहरु, मुख्य सचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका उच्च पदस्थ पदाधिकारी, विदेशी नियोगका प्रमुखलगायतले बिदाइ गरेका थिए । साथै उनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सलामी अर्पण गरेको थियो ।