प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच संविधान लेखन प्रक्रिया अघि बढाउने सहमति

काठमाडौं । वर्षौदेखि संविधान लेखनमा परेको राजनीतिक गाँठो सोमबार फुकेको छ ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच संविधान लेखन प्रक्रिया अघि बढाउने सहमति भएको हो । यसले संविधान जारी हुने सम्भावना बढाएको छ ।
प्रमुख दलहरु बैशाख १० गतेसम्ममा संविधानका सबै विवादित मुद्दामा सहमति जुटाएर अगाडि बढ्ने र कुरा नमिले सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउन तीन दल राजी भएका छन् । इमेजखबरमा समाचार छ ।