इस्लामिक अतिवादी समूह आइएसद्धारा फेरि ३० जनाको हत्या गरेको भिडियो सार्वजनिक

 इस्लामिक अतिवादी समूह आइएसले फेरि ३० जनाको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ ।
आइतबार जारी गरेको २९ मिनेटको उक्त भिडियोमा आइएस लडाकूले लिबियामा पक्राउ गरेका इथियोपियाइ ईसाइलाई मार्दै गरेको देखिन्छ । आइएस कब्जामा दुई समूहमा रहेकाहरु इथियोपियाली चर्चका सदस्य भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
१२ जनालाई समुद्र किनारको कुनै अज्ञात स्थलमा हत्या गरेको देखाइएको छ भने १६ जनालाई रेगिस्तान क्षेत्रमा गोली हानेर मारिएको हो । एक लडाकूले ईसाइहरुलाई धर्म फेरेर इस्लाम बन्न धम्की दिएको भिडियोमा सुनिन्छ ।
यसअघि फेब्रुअरीमा मात्रै आइएसले इथियोपियाकै २१ जना ईसाइलाई मार्ने भिडियो सन्देश जारी गरेका थिए । (एजेन्सी)