प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । प्रकृतीको कुचीकार मानीने गिद्धका ५ प्रजाती अर्घाखाँचीमा पाइने गरेको छ । हिमाल तथा तराइमा पाइने गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने भएकाले गिद्ध संरक्षणका लागि सबै एक हुनु पर्नेमा जोड दिइएको छ ।
अर्घाखाँचीको सन्धिखर्कमा गिद्ध संरक्षणकालागि सरोकारवाला स्तरीय अन्तरक्रिया कार्यक्रममा यो कुराको जानकारी गराइएको हो । जिल्लाको अर्घाका सामुदायीक बन, खन, मखात, घेराको भीर, ढाकाबांग लगायतका स्थनमा ५ थरी गिद्ध पाइने गरेको गिद्ध सरक्षण अभिायनका बिज्ञ कृष्णप्रसाद भुसालले बताएका छन । उनले डंगर , सुन, गोब्रे, हिमाली र हाडफोर गिद्ध गरि ५ प्रकारका गिद्ध पाइने जानकारी दिए । हिमाल तथा तराइमा पाइने गिद्धहरु समेत जिल्लाका बिभिन्न स्थानमा पाइने भएकाले गिद्ध संरक्षणका लागि सबै एक हुनु पर्नेमा बोल्ने बक्ताहरुले जोड दिएका छन ।
गर्ता खहरे,खहरे खोला गर्लाम सामुदायीक बन अर्घाको आयोजना र नेपाल पंक्षी संरक्षण संघ काठमाण्डौको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गिद्धको बासस्थान, जिल्लामा पाइने गिद्धको अबस्था लगायतका बिषयमा पक्षि संरक्षण केन्द्रका बिज्ञ कृष्ण प्रसाद भुसाल, अधिकृत खडानन्द पौडेल, जिल्ला पशुसेवा कार्यलय अर्घाखाँचीका प्रमुख रामनारायण मण्डल लगायतले जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला बन अधिकृत कृष्ण प्रसाद ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेल, जिल्ला कृषि बिकास कार्यलयका प्रमुख योग प्रसाद खरेल नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक,एमालेका जिल्ला सदस्य रामचन्द्र पोख्रेल,एमाओबादीका जिल्ला अधयक्ष चन्द्रबहादुर खड्का, भु संरक्षण कार्यलयका प्रमुख सम्पुर्णनन्द गिरी, सामुदायीक बनका रामबहादुर रायमाझि प्रकास आचार्य लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम गर्ता खहरे,खहरे खोला गर्लाम सामुदायीक बनका अध्यक्ष डिलबहादुर रानाभाटको अध्यक्षता र बलबहादुर रायमाझिका सञ्चालनमा सम्पन्न भएको हो ।