काठमाडौं । सेन्ट जेभियर्स स्कुल जावलाखेलका फादर टम ग्याफ्नेको हत्याको आरोपमा पक्राउ परेका एकजनालाई महानगरीय प्रहरी आयुक्तको कार्यालयले मंगलबार सार्वजनिक गरेको छ ।
हत्या भएको १८ वर्षपछि प्रहरीले हत्याका आरोपी ४३ वर्षीय गोकुल भन्ने ढालबहादुर खड्कालाई नेपाल-भारतको सीमाना काँकडभिट्टाबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।
घरेलु काम लगाएर पैसा नदिएको भन्दै गोकुलले फादरको हत्या गरेको प्रहरीले जानकारी गराएको छ ।
सेन्ट जेभियर्स स्कुलका सन्चालक फादर टम ग्याफ्नेको उनकै निवासमा २०५४ मंसिर २८ गते खुकुरी हानी हत्या भएको थियो । फादरको हत्या गरी गोकुलले फादरकै घरबाट २२ हजार रुपैयाँ लिइ भारत भागेको प्रहरीले जनाएको छ ।
हत्यापछि गोकुलले भारतमै घरेलु मजदुरी गर्दै बसेका जनाइएको छ । इमेजखबरमा समाचार छ ।