भूमध्यसागर पार गर्ने आप्रावासी मध्ये यो बर्ष मात्रै ३० हजारको मृत्यु हुन सक्ने

भूमध्यसागर पार गर्ने आप्रावासी मध्ये यो बर्ष मात्रै ३० हजारको मृत्यु हुन सक्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन आईओएमले हालै जारी गरेको प्रतिवेदन अनुसार गत बर्षको तुलनामा यो बर्ष भूमध्यसागर पार गर्ने आप्रबासी मृतकको संख्या ३० प्रतिशतले बढेको छ ।
हालै लिबियाबाट इटलीतर्फ लागेको आप्रावासी चढेको पानीजहाज दुर्घटनामा सात सय भन्दा बढीको मृत्यु भएपछि गरिएको अध्ययन प्रतिवेदन अनुसार सन् २०१५ मा मात्रै १७ सय आप्रावासीको मृत्यु भइसकेको छ ।
भूमध्य सागरको मार्ग प्रयोग गरी मानव तस्करी बढेको प्रति आईएमओले चिन्ता समेत ब्यक्त गरेको छ । यसमा ध्यान केन्द्रित नगर्ने हो भने यो बिश्वका लागि समस्याको जडो हुनसक्ने पनि आईएमओले जनाएको छ । – एजेन्सी