केरुङ्गा, अर्घाखाँची । केरुङगा – काठमाडौं सेवा समाज (केकास) ले नव बर्ष २०७२ सालको शुभ उपलक्ष्यमा अर्घाखाँची जिल्लाको केरुङ्गा गाबिस भरि निशुल्क क्यालेन्डर वितरण गरेको छ ।
उक्त सस्थाले नव बर्षको शुभ उपलक्ष्यमा केरुङगा गाबिसका सम्पूर्ण घरधुरीहरु, पसलहरु, सरकारी तथा गैर सरकारी कार्यालयहरुमा निशुल्क क्यालेन्ड वितरण गरेको केरुङगा -काठमाडौं सेवा समाजका अध्यक्ष रामु खनालले बताए ।
यसैगरि जिल्लाको केरुङ्गाबाट काठमाडौं आई बिभिन्न पेशा, व्यवसाय, तथा रोजगारमा संलग्नहरुको साझा संस्था केरुङगा – काठमाडौं सेवा समाज (केकास) ले नव बर्ष २०७२ सालको शुभ उपलक्ष्यमा शुभ कामना आदान प्रदान गरि सम्पुर्ण जनसमुदायहरुमा सुख, शान्ति एवं सम्वृद्धिको कामना समेत गरेको छ ।
यसबाट समाजमा एक आपसमा भाइचारा अभिबृदि भइ सदभाब कायम हुने कुरा सस्थाले लिएको अध्यक्ष रामु खनालले बताए ।