भारतको दिल्लीमा एक किसानले सार्वजनिक स्थलमै आत्महत्या गरेका छन् ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको पार्टी ‘आम आदमी’ले दिल्लीमा निकालेको र्यालीका क्रममा उक्त किसानले आत्महत्या गरेका हुन् । आम आदमी पार्टीले ‘भूमि अधिग्रहण बिल’ विरुद्ध किसान र्याली निकालेको थियो ।
र्यालीमा मुख्यमन्त्री अरबिन्द केजरीवाल र उपमन्त्री मनिष सिसोदिया पनि सहभागी थिए । जन्तरमन्तरमा केजरीवाल मन्चमा गएलगतै किसानले नजिकैको रुखमा पासो लगाएर आत्महत्या गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीले तत्कालै सतर्कता अपनाएको भए किसानलाई बचाउन सकिने थियो भनेर सन्चारमाध्यमहरुले टिप्पणी पनि गरेका छन् । – एजेन्सी