प्रधानमन्त्री सुशील कोइरालाद्धारा जकार्ताबाटै स्वास्थ्यमन्त्रीलाई ‘स्वाइन फ्लु’को रोकथाम गर्न कुनै कसर बाँकी नराख्न कडा निर्देशन

काठमाडौं  । प्रधानमन्त्री सुशील कोइरालाले एसिया-अफ्रिका शिखर सम्मेलनस्थल इन्डोनेसियाको जकार्ताबाटै स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई टेलिफोन गरी जाजरकोटलगायत मुलुकका विभिन्न भागमा देखा परेको ‘स्वाइन फ्लु’को रोकथाम गर्न कुनै कसर बाँकी नराख्न कडा निर्देशन दिएका छन् ।
जाजकोटमा फैलिएको ‘स्वाइन फ्लु’ नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले विदेशबाटै टेलिफोन गरी स्वास्थ्यमन्त्रीलाई विहीबार यस्तो निर्देशन दिएका हुन् ।
टेलिफोन वार्ताको क्रममा स्वास्थ्यमन्त्री अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासहरुको जानकारी दिएको प्रधानमन्त्रीका प्रेस संयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इमेजखबरमा समाचार छ ।