पोखराथोकमा भीषण आगलागी, घरभित्रै बालक जलेर मृत्यु

वीरेन्द्र केसी



पोखराथोक,  अर्घाखाँची । घरमा लागेको आगोबाट बालकको ज्यान गएको छ । जिल्लाको पोखराथोक स्थित कमईघारी गाउँको भीमबहादुर सुर्यवंशीको घरमा आगो लाग्दा उनका छोरा सात वर्षीय थम्मनको जलेर मृत्यु भएको छ । दिउसो एक्कासी आगो लाग्दा बालकको घरभित्रै जलेर मृत्यु भएको प्रहरी चौकी खिदिमका असई निख बहादुर लम्तरीले बताए ।



घरमा आगो लागेपछि आत्तिएर धन्सार भित्र पसेको हुन सक्ने उनले अनुमान गरे । घरगोठ दुवै जलेका छन । थम्मन घरमा एक्लै थिए । 



भीमबहादुरका भाई  शोभासिंहको घरपनि जलेको छ । हावाले उडाएर दुई सय मिटर परे रहेको उनको भाईको घर गोठ पनि जलेको छ । घरमा भएका भाडाकुडा लत्ताकपडा सबै जलेर नष्ट भएका छन । दुई घरमा गरी ५० लाख बराबरको क्षति भएको अनुमान छ । 


अन्य समाचारहरु