इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जातीय आधारमा संघीयता हुन नसक्ने दोहोर्याएका छन् ।
एमाले इलाम क्षेत्र नम्बर-१ को क्षेत्रीय अधिवेशनको विहीबार उद्घाटन गर्दै उनले जातका आधारमा राज्य घोषणा गरे देशमा विखन्डन आउने तर्क गरे ।
संविधान निर्माणमा नेकपा एमाले र कांग्रेसले लचकता अपनाउँदा-अपनाउँदै पनि एमाओवादीले बखेडा झिकेर संविधान निर्माण गर्न नचाहेको आरोप लगाए ।
माओवादीले जस्तोसुकै बखेडा झिकेपनि संविधान निर्माण प्रक्रिया नरोकिने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।