जानकारी:- २०७२ बैशाख ११ गते “के तपाईं विदेशमा हुनुहुन्छ ? अर्घाखाँचीमा परपुरुषसँग यौन संपर्क राख्ने युवती-महिलाहरुको संख्या उच्च, एचआईभी संक्रमितको अवस्था भयानक” शिर्षकमा प्रकासित यस समाचारलाई लिएर जिल्लाबाट कयौ धम्की आएकोले र समाचारले कसैको परिवारमा पर्न जाने असरलाई ध्यानमा राख्दै एवम सम्पूर्ण क्षेत्रबाट गरिएको अनुरोधलाई ध्यानमा राख्दै उक्त प्रकासित समाचारलाई हटाइएको छ । यसले पाठकमा पर्न गएको असर-असुविधा प्रति क्षमा चाहन्छौ । – अर्घाखाँचीडट्कम
अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या बढ्दै, संक्रमितमध्ये २५ जनाको मृत्यु
असुरक्षित यौनसम्पर्क तथा जनचेतना अभावले अर्घाखाँचीमा बर्षेनी एचआईभी संक्रमितको संख्या बढ्दै गएको छ । प्रेरणा र सक्रिय युवा समाजले जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा झन्डै १३ हजार सर्वसाधारणसँग गरिएको रक्त परीक्षणमा १ सय २९ संक्रिमित फेला परेका हुन् । संक्रमितमध्ये २५ जनाको मृत्यु भएको संस्थाले जनाएको छ ।
यसरी भेटिएका संक्रमितमध्ये तिनमा ६७ महिला र ६२ पुरुष छन् । संस्थाले ६ वर्षदेखि गरेको अध्ययनमा यस्तो देखिएको हो । यसअघि ०६५ मा चारजना मात्रै संक्रमित भेटिएको संस्थाले जनाएको छ । ‘रक्त परीक्षणका क्रममा यतिको संख्यामा यो वर्ष संक्रमित भेटिएका हुन्,’ प्रेरणाका संयोजक सुनील अधिकारीले भने, ‘परीक्षणका क्रममा धेरैजसो हिच्किचाएर नआएकाले यो संख्या अझै बढ्ने अनुमान गरेका छौं ।’ उनका अनुसार संक्रमितको संख्या असुरक्षित रूपमा गरिएको यौनसम्बन्ध नै हो । घरदैलो गरेर दुवै संस्थाले रक्त परीक्षण गर्ने क्रममा संक्रमित फेला परेको बताए । संक्रमितमध्ये ६४ जनाले एचआईभीको औषधि सेवन गर्दै आएका छन् ।
भेटिएका अधिकांश संक्रमित हंसपुर र ठाडा गाविसमा रहेको सक्रिय संस्थाका संयोजक बालकृष्ण खत्रीले बताए । ती गाविसमा ११ र १२ जना संक्रमित परीक्षण गर्दा भेटिएका छन् । ‘संक्रमितको संख्या बढ्दै गएको छ,’ खत्रीले भने, ‘धेरैले रक्त परीक्षण गर्न नै मानेनन् ।’ एचअाईभी संक्रमित थाहा पाउनका लागि सन्धिखर्क, पोखराथोक र ठाडामा स्वेच्छिक परामर्श तथा रक्त परीक्षण केन्द्र खोलिएका छन् । भेटिएका मध्ये २५ जना संक्रमित सार्वजनिक भएका छन् भने अरू खुल्न नचाहेको खत्रीले जनाए । संक्रमित समाजमा हुने भेदभावले गर्दा खुल्न सकेका छैनन् ।
पहिले प्रकासित मिती: २०७२ बैशाख ११ गते
अन्त्यमा जानकारी:- यो सबै स्थानियबासी लगायत माथि उल्लेख गरिएका व्याक्ति, संस्थाबाट लिएको विवरण, जानकारीबाट तयार पारिएको रिपोर्ट हो । भने “अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या बढ्दै, संक्रमितमध्ये २५ जनाको मृत्यु” भन्ने समाचार सामाग्री २०७१ चैत्र १६, सोमवार अर्घाखाँचीडट्कममा प्रकासित समाचार अनुसार पुन: प्रकासित गरिएको हो ।