अर्घाखाँचीमा महाभूकम्पको त्रासले अहिले स्थानीय बासिन्दाहरु घर बाहिर खुला ठाउँमा रात बिताईरहेका छन् । उता सन्धिखर्क नगरपालिकाको टुडिखेल, शान्ति बँगैचा, वसपार्क लगायतका खुल्ला स्थानहरुमा मानिसहरु बसिरहेका छन् ।
सन्धिखर्क, अर्घाखाँची । शनिबार झण्डै तीन घण्टासम्म लगातार गएको ७ दशमलव ९ म्याग्निच्युडको महाभूकम्पबाट अर्घाखाँची जिल्लामा अहिले सम्म मानविय एवम ठुलो भौतिक क्षति केही भएको छैन ।
सन्धिखर्क नगरपालिकाको हटारीनेटामा एक कच्ची घर भात्किएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार अहिले सम्म जिल्लाका अन्य गाबिसमा सामान्य रुपमा घरहरु चर्किएका, भत्किएका समाचार आएका छन्। सन्धिखर्क नगरपालिकामा त्यस्तो केही छैन ।
सन्धिखर्क नगरपालिका लगायत अन्य गाबिसहरु जस्तै असुरकोट , अडगुरी, अर्घातोस, केरुङ्गा, खन, खनदह, खिदीम, खिल्जी, गोखुङ्गा, चिदीका, छत्रगञ्ज, जलुके, जुकेना, ठाडा, ठुलापोखरा, ढाकावाङ्, ढिकुरा, धनचौर, धातिवाङ, धारापानी, नुवाकोट, पटौटी, पणेना, पाली, पोखराथोक, बल्कोट, बाँगी, भगवती, मरेङ, मैदान, सिद्वारा, सिमलपानी, सीतापुर, सुवर्णखाल र हंशपूरबाट प्राप्त पछील्लो समाचार अनुसार कुनै क्षती भएको छैन । सबै गाउँको अवस्था सामान्य छ ।
जिल्ला अस्पताल अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई जानकारी दिए अनुसार अहिले सम्म मानवीय क्षती भएर कोही पनि उपचारको लागि आएका छैनन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा कुनै क्षती भएको विवरण आएको छैन । अहिले पनि मानिसहरु घर बाहिर निस्किएर बसेका छन ।