भुकम्प गएपछि बन्द भएको काठमाडौंस्थित त्रिभुवन विमानस्थल सुरु
बैशाख १२ गते, २०७२ मा प्रकाशित
भुकम्प गएपछि बन्द भएको काठमाडौंस्थित त्रिभुवन विमानस्थल सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि बन्द भएको विमानस्थल अपरान्ह ४ बजेबाट सुरु भएको हो । भुकम्पले विमानस्थलमा कुनैपनि ठूलो क्षति पुर्याएको छैन् । भवनहरु भने केही चर्किएको छ ।