महाभूकम्पपछि काठमाडौं उपत्यकाका आम सर्वसाधारण घरबाहिर खुल्ला स्थानमा बास

An injured man receives treatment outside the Medicare Hospital in Kathmandu, Nepal, Saturday, April 25, 2015. A strong magnitude-7.9 earthquake shook Nepal's capital and the densely populated Kathmandu Valley before noon Saturday, causing extensive damage with toppled walls and collapsed buildings, officials said. (AP Photo/ Niranjan Shrestha)



काठमाडौ  – शनिवारको महाभूकम्पपछि काठमाडौं उपत्यकाका आम सर्वसाधारण घरबाहिर खुल्ला स्थानतर्फ एकत्रित भएका छन् । 

NS111. Kathmandu (Nepal), 24/04/2015.- People sleep outside on a street a in Kathmandu, Nepal, 25 April 2015 following a massive earthquake. Hundreds of people died and many more were feared trapped in rubble on 25 April 2015 after a magnitude-7.9 earthquake devastated Nepal's capital and triggered a deadly avalanche on Mount Everest. (Terremoto/sismo) EFE/EPA/NARENDRA SHRESTHA

पटक-पटक भूकम्पको धक्का आउने क्रम जारीरहेकाले मानिसहरूमा त्रासका कारण घर बाहिर बसेका हुन् ।

. Kathmandu (Nepal), 25/04/2015.- People inspect the damage of the collapsed landmark Dharahara, also called Bhimsen Tower, after an earthquake caused serious damage in Kathmandu, Nepal, 25 April 2015. At least around 600 people have been killed and hundreds of others injured in a 7.9-magnitude earthquake in Nepal, according to the country's Interior Ministry. People were being rescued from the rubble of collapsed buildings. Temples have crumbled all over the city, and houses and walls have collapsed. (Terremoto/sismo) EFE/EPA/NARENDRA SHRESTHA

काठमाडौँको खुलामञ्च (टुँडिखेल)मा पाल नै राखेर बस्ने क्रम देखिएको छ भने सानो गौचरण, नयाँ बानेश्वरको संविधानसभा भवनस्थल, रत्नपार्क, सिंहदरबारभित्रजस्ता खुल्लास्थलमा मानिसहरू भेला भएका छन् । बालबालिका, बूढाबूढी, महिला र अन्य सर्वसाधारण कतिबेला पुनः भूकम्प जाने हो भन्ने यकिन नभएकाले घरभित्र बस्न सक्ने स्थितिमा छैनन् ।



उदयपुर घर भई काठमाडौँको क्षेत्रपाटीमा बस्दै आएका किशोर राईले भूकम्प फेरि आउने डरले खुलामञ्चमा आएर बसेको बताए । 



बर्दिया घर भई काठमाडौँको भोटेबहालमा बस्दै आएका गणेश रसाइलीले पसल बन्द गरेर दिउँसो १ बजेदेखि खुलामञ्च आएर बसेको बताए । 

. Kathmandu (Nepal), 25/04/2015.- People search for survivors under the rubble of collapsed buuildings in Kathmandu Durbar Square, after an earthquake caused serious damage in Kathmandu, Nepal, 25 April 2015. At least around 600 people have been killed and hundreds of others injured in a 7.9-magnitude earthquake in Nepal, according to the country's Interior Ministry. People were being rescued from the rubble of collapsed buildings. Temples have crumbled all over the city, and houses and walls have collapsed. (Terremoto/sismo) EFE/EPA/NARENDRA SHRESTHA

‘फेरि भूकम्प आउने डरले दिउँसोदेखि बेलुकाको खानेकुरा र ओड्ने ओछ््याउने सामग्री लिएर खुलामञ्चमा आएर बसेका हौँ,’ उनले भने ।



दुवै खुट्टा भाँचिएर ह्विलचियरको सहारामा हिँडेका सिन्धुपाल्चोकका रेशम बुढाथोकीले आफ्नो बसाइँ पुरानो बसपार्क भए पनि खुलामञ्चमा आएर बसेको जानकारी दिए । 

Volunteers run with a stretcher to carry a dead body recovered from the debris of a building that collapsed after an earthquake  in Kathmandu, Nepal, Saturday, April 25, 2015. A strong magnitude-7.9 earthquake shook Nepal's capital and the densely populated Kathmandu Valley before noon Saturday, causing extensive damage with toppled walls and collapsed buildings, officials said. (AP Photo/ Niranjan Shrestha)

प्रमुख सार्वजनिक स्थलमा पर्खाल र सहरका साना तथा पुराना घर र भौतिक संरचना भत्किएकाले उद्धार कार्यलाई एकीकृत गराउन कठिनाइ देखिएको छ । ती स्थानका वरिपरिका कतिपय सडक पनि चर्किएका छन् । 



यसरी खुला ठाउँमा भेला हुनेले भूकम्पसम्बन्धी समाचारका ताजा विवरण लिने काम गरिहेका छन् भने मानिसहरूले स्वयम्सेवी रुपमा सहयोग आदानप्रदान गरिरहेका छन् । रासस