भुकम्पको धक्का महसुस भएपछि सिंहदरवारमा प्रधानमन्त्री र मन्त्रीको भागाभाग

अहिले केही  बेर अघि मध्याहृनपछि आएको भूकम्पको धक्का आउने क्रम अझै रोकिएको छैन। आइतबार मध्याहृन फेरि भूकम्पको धक्का महसुस भएपछि बैठक छोडेर बाहिर भागेका छन्।



इण्डोनेसियाबाट फर्किएका प्रधानमन्त्री कोइरालाले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थिए । 



पत्रकार सम्मेलन सकेर बाहिर निस्कने क्रममा भुकम्पको धक्का महसुस भएपछि सिंहदरवारमा प्रधानमन्त्री र मन्त्रीको भागाभाग भएको हो। प्रधानमन्त्री र मन्त्रीहरुलाई सुरक्षाकर्मीहरुले समातेर खुला चौरमा तानेर राखेका थिए।