अर्घाखाँचीमा भूकम्पको कारण मानिसहरुको जनजीवन आतंतिक, दिनरात घर छाडेर बाहिर बस्न वाध्य, सबै गाउँको क्षति सामान्य

सन्धिखर्क, अर्घाखाँची । शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा मानवीय र ठूलो भौतिक क्षति नभएता पनि अर्घाखाँचीमा निरन्तर त्रासले मानिसहरु खुला आकाशमा बसेका छन् । 

 



सन्धिखर्कको टुडिखेलमा निरन्तर आएको भुकम्प पछि त्रासमा बसेका मानिसहरु ।  तस्बिर – पुष्पा, अर्घाखाँचीडट्कम

 

लगातार भूकम्पको धक्का महसुस भइरहका कारण मानिसहरुको जनजीवन आतंतिक बनेको छ। विधालय, सरकारी कार्यालयहरु, सन्धिखर्क, चुत्राबेसीका बजार सामान्यता बन्द छन् ।



अर्घाखाँचीमा महाभूकम्पको त्रासले अहिले स्थानीय बासिन्दाहरु घर बाहिर खुला ठाउँमा रात बिताईरहेका छन् । उता सन्धिखर्क नगरपालिकाको टुडिखेल, शान्ति बँगैचा, वसपार्क लगायतका खुल्ला स्थानहरुमा मानिसहरु बसिरहेका छन् । फुडवाङमा पनि मानिसहरु बाहिर बसिरहेका छन् ।  

 



सन्धिखर्कको टुडिखेलमा निरन्तर आएको भुकम्प पछि त्रासमा बसेका मानिसहरु । तस्बिर – अम्बिका श्रेष्ठ फेसबूक, अर्घाखाँचीडट्कम

 

अर्घाखाँचीडट्कमलाई प्राप्त पछील्लो जानकारी अनुसार सन्धिखर्क नगरपालिका लगायत अन्य जस्तै असुरकोट , अडगुरी, अर्घातोस, केरुङ्गा, खन, खनदह, खिदीम, खिल्जी, गोखुङ्गा, चिदीका, छत्रगञ्ज, जलुके, जुकेना, ठाडा, ठुलापोखरा, ढाकावाङ्, ढिकुरा, धनचौर, धातिवाङ, धारापानी, नुवाकोट, पटौटी, पणेना, पाली, पोखराथोक, बल्कोट, बाँगी, भगवती, मरेङ, मैदान, सिद्वारा, सिमलपानी, सीतापुर, सुवर्णखाल र हंशपूर लगायतका गाबिसहरुमा समान्य क्षती भएको छ । सबै गाउँमा पुराना घर भत्किएका एवम चर्किएका छन् । अन्य अवस्था सामान्य छ । 



सन्धिखर्क नगरपालिका, धारापानी, पोखराथोक लगायतका केही – केही गाबिसबाट प्राप्त समाचार अनुसार २,४ घर पुर्णरुपले भत्केका छन् भने सम्पूर्ण गाबिसको जानकारी अनुसार घरहरु चर्कने, सामान्य क्षति पुगेको जनाइएको छ । 

 

भुकम्पले जिल्लाको जनजीवन प्रभावित बनेको छ । पटक पटकको झट्काले मानिसहरु दिनरात घर छाडेर बाहिर बसेका छन् ।

 



सन्धिखर्कको टुडिखेलमा निरन्तर आएको भुकम्प पछि त्रासमा बसेका मानिसहरु । तस्बिर – पुष्पा, अर्घाखाँचीडट्कम

 

अर्घाखाँचीबाट बाहिर देश विदेशमा रहेका आफ्न्तले फोन संपर्क नहुँदा बढी भए चिन्ता लिएका छन् । फोन संपर्क नहुँदा के भएको छ अर्घाखाँचीमा भन्दै अर्घाखाँची डट्कमलाई ईमेल पठाएका देखिन्छ । सोको जानकारी फेसबूकबाट समेत नियमित २४ सै घण्टा अर्घाखाँचीडट्कमले उप्डेट गरेको छ । 



यसैगरी महाभूकम्प गएको २५ घण्टापछि फेरि ठूलो झट्का महशुस गरिएको छ । शनिबार ११ बजेर ५६ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो । 



आइतबार १२ बजेर ५६ मिनेट जाँदा आज बनेपालाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको छ । यसैबीचमा करिव सय भन्दा धेरै साना झट्का महशुस गरिएको थियो । 

 



बिनासकारी महाभुकम्पमा आए सँगै सन्धिखर्कको चुत्राबेसीमा त्रासले निस्किएका स्थानियहरु । तस्बिर – फेसबूक, अर्घाखाँचीडट्कम

 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय लगायतमा आईतवार साँझसम्म क्षतिको कुनै विवरण आएको छैन । 

अन्य समाचारहरु