महाभुकम्पपछि राजधानी छोडने सर्वसाधारणको लर्को, सयौं सर्वसाधारण राजधानी छोड्न आतुरी

KAT102. Kathmandu (Nepal), 26/04/2015.- People who had been staying in the capital overnight crowd a bus near the city's airport after a massive earthquake in the Bhaktapur area of Kathmandu, Nepal 26 April 2015 - 24 hours after a devastating 7.9 magnitude earthquake which so far has taken the lives of at least 2,400 people. (Terremoto/sismo) EFE/EPA/Hemanta Shrestha

 

शनिबार आएको महाभुकम्पपछि सोमबार राजधानी छोडने सर्वसाधारणको लर्को लागेको छ। 

 

सयौं सर्वसाधारण राजधानी छोड्न आतुरीका छन । नियमित रूटका बस, जिप माइक्रो बस अत्यन्त न्यून संख्यामा चलेकाले कलंकी तथा बल्खु क्षेत्रमा सवारी साधन नपाउँदा उपत्यका छोड्न चाहने यात्रुको भीड लागेको थियो। 

 

यात्रुको यही अफ्ठेरोमा उपलब्ध सवारी साधनका मालिक तथा चालकले साविकभन्दा ५/६ गुणासम्म भाडा असुल्न थालेका छन्। 

 KAT64. Kathmandu (Nepal), 26/04/2015.- Local residents in search of safe accommodation carry essential belongings as they walk along a narrow road past a massively destroyed building 26 April 2015 - twenty four hours after a devastating earthquake that so far has taken the lives of more than 2,400 people. (Terremoto/sismo) EFE/EPA/Hemanta Shrestha

बीरगञ्जका गब्बर हुसेनले घर जानका लागि सार्वजनिक सवारी नपाएपछि बल्खुमा ट्याक्सीसँग मोलतोल गरिरहेका थिए। बल्खुदेखि बीरगञ्जसम्मको भाडा ट्याक्सी चालकले १२ हजार रुपैयाँ मागे।

 

हुसेनले आफूसँग ११ हजार रुपैयाँमात्र भएको र त्यो सबै ट्याक्सी चालकलाई दिने कबुल गरे। बैंकको एटिएम पनि नखुलेकाले पैसा निकाल्न नपाएको उनको दुखेसो थियो। तर उनको दुखेसोले बा १ ज ६६०१ नम्बरमा ट्याक्सी चालकको मन पग्लेन। हुसेनले हात जोडे। तर ट्याक्सी चालकले जान मानेनन्।

 

अरु २ वटा ट्याक्सीसँग पथलैयासम्म जानका लागि एक हुल युवाले मोलतोल गरिरहेका थिए। बा१ ज ७८११ नम्बरका ट्याक्सी चालकले हेटौंडासम्म भए १० हजार, पथलैयाको ११ हजार र बीरगञ्जको १२ हजार रुपैयाँ भाडा तोके। युवाहरुले भने