काठमाडौं उपत्यकामा पानी परेको र झरी केही घण्टामात्रै सक्रिय हुने

काठमाडौ – काठमाडौं उपत्यकामा भएको मौसमी फेरबदल र झरी क्षणिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी नेपालबाट शुरु भएको पूर्वी नेपालतर्फ सर्ने क्रममा काठमाडौं उपत्यकामा पानी परेको र झरी केही घण्टामात्रै सक्रिय हुने मौसमविद शान्ति कडेलले बताइन ।