भूकम्पमा परि अहिलेसम्म अर्घाखाँचीका सन्धिखर्क छापडाँडाकी माया खत्री र ढिकुरा टोडेहारका ज्योति के.सीको मृत्‍यु

काठमाडौं । शनिबार गएको महाभूकम्पका कारण राजधानी बस्दै आएका एवम  भूकम्प प्रभावित अन्य जिल्लामा बस्दै आएका कयौ अर्घाखाँचीबासीहरु हराएका छन् । भने कयौको मृत्‍यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
 


मृतक माया खत्री।
 


यसैगरी भुकम्पमा परी अर्घाखाँची जिल्लाको सन्धिखर्क छापडाँडाकी माया खत्रीको ज्यान गएको गएको छ । माया काठमाडौं बस्दै आएकी थिइन ।
विदेश जाने तयारी गरिरहेका र विदेशबाट फर्किएका अर्घाखाँचीबासीहरु धेरै हाताहात भएको हुन सक्ने आशन्का गरिएको छ ।
यसैगरी अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार शनिबार गएको महाभूकम्पका कारण अर्घाखाँची जिल्ला ढिकुरा गाबिसको टोडेहारका ज्योति के.सीको मृत्‍यु भएको छ ।
 


मृतक ज्योति के.सी ।
 
नक्सालमा स्कुलको पर्खालले चापेर मृत्‍यु भएको शब फेला परेको हो। उनी बाहिर पढन गएको बेलामा भुकम्पमा परेका थिए ।
 

उनकी आमा रिता के.सी खाचिकोटको प्रगतिनगर, भालुखोलाको प्राथमिक विधालयको पुर्व शिक्षका हुन । 

अन्य समाचारहरु