सन्धिखर्क / काठमाडौ । महाभूकम्पले काठमाडौमा महाविपत आएपछि विभिन्न पेशा, ब्यवसाय अंगालेर काठमाडौमा बसेका, विधार्थीहरु लगायत अर्घाखाँची घर फर्किरहेका छन् ।
यसैगरी अर्घाखाँची प्याप्सन र अर्घाखाँची युथ सेवाले सबै अर्घाखाँचीबासीलाई काठमाडौंबाट अर्घाखाँची फिर्ता लैजान निशुल्क बस सेवा शुरु गरेको छ ।
सामाजिक उत्तरदायित्व र सहयोगको भावनाले भूकम्पबाट पीडित बनेर काठमाडौं छोड्न लागेका अर्घाखाँचीबासीलाई अर्घाखाँची ल्याउने निशुल्क व्यवस्था मिलाइएको समितिका प्रतिनिधिले अर्घाखाँचीडट्कमलाई जानकारी दिए ।
निःशुल्क यात्रु बोक्नका लागि केही बस काठमाडौं पठाइएको छ। नयाँबसपार्क, कलंकीबाट बसहरू यात्रु बोकेर हिड्नेछन्।
निशुल्क बस सेवाको लागि निम्न फोन नम्बरमा संपर्क गर्न अनुरोध गरिएको छ ।
श्रीकृष्ण भुसाल: 9857028214
अमृत श्रेष्ठ: 9857066160, 9802621904
प्रदिप नेपाली: 9857012496,9847312496
आकाश भुसाल: 9851163145
बिशाल पन्थी: 9843275463
हिमाल महत: 9840096339
नविन पन्थी: 9843763121
अरुण श्रेष्ठ: 9847411382
बस चालकको नम्बर: 9847052561,9857051561
अहिलेलाई छुट्ने बस नम्बर: 8735 / 5703
उता अधिकांश घर फर्किन चाहेपछि सरकारकै समन्वयमा बुधवारदेखि निःशुल्क रुपमा घर फर्काउने ब्यवस्था मिलाएको छ । राजधानीमा भुकम्पको त्रास, रोग फैलने भयले एवम पानी समेत पाउन गाह्रो भएकोले धमाधम सबै घर फर्केका छन् ।