भुकम्पका कारण हिमपहिरो गई दुई दर्जनको ज्यान गएको सगरमाथा आधारशिविरमा फेरि हिमपहिरो

ओखलढुंगा  – भुकम्पका कारण शनिबार हिमपहिरो गई दुई दर्जनको ज्यान गएको सगरमाथा आधारशिविरमा बुधबार फेरि हिमपहिरो गएको छ । हालसम्म उक्त हिमपहिरोले मानवीय क्षति भने गरेको छैन ।
हिमपात र हिमपहिरो दुवै लगातार छ । आधारशिविरमा रहेका आङफुला शेर्पाले भने, यतिखेरसम्म मानवीय क्षति भने भएको छैन ।सगरमाथा आधारशिविरमा फोहोर व्यवस्थापनका लागि बसेका टोली हिमपात नरोकिएकोले समस्यामा परेका छन् । हिमपहिरोले सहकर्मीको मृत्यु र आइफल भर्‍याङहरु भाँचिएपछि सबै आरोहणको कार्यक्रम स्थगित गरेर टोली फर्किने क्रममा छन् । आधिकारीक रुपमा आरोहणको कार्यक्रम स्थगित गरेको जानकारी दिइएको छैन ।
सामान पुरिएसँगै आधारशिविरमा चोरीको घटनासमेत बढेको आङफुला शेर्पाले बताए । अधिकांश आरोहीहरु आफ्नो सामान खोज्ने र ज्यान जोगाउनेमै समय बिताईरहेका छन् । शनिबारको हिमपहिरोमा परि २० जनाको मृत्यु भइसकेको छ । ईकन्तिपुरमा समाचार छ ।