भूकम्प प्रभावित राजधानीबाट ठूलो संख्यामा मानिसहरु बाहिरिने क्रम जारी

काठमाडौ  – बुधबार बिहान ११ बजेसम्ममा काठमाडौं उपत्यकाबाट १ हजार ९८ वटा बस र ट्रक बाहिरिएका छन् । भूकम्प प्रभावित राजधानीबाट ठूलो संख्यामा मानिसहरु बाहिरिने क्रम जारी छ । उपत्यकामा रहेका र बाहिरबाट बोलाइएका गरी यति ठूलो संख्याका गाडी मानिस बोकेर बाहिरिएको एसएसपी नारायण सिंह खड्काले जानकारी दिए ।
सरकारले ५ सय निशुल्क गाडीमा मानिस पठाउने भने पनि नयाँ बानेश्वरबाट भने ७३ वटा मात्रै गाडी निस्किएका छन् । प्याब्सनले ३०० गाडी उपलब्ध गराउने भने पनि आज ७३ मात्रै बाहिरिएका हुन् । गाडी कम भएपछि बानेश्वर क्षेत्रमा लामो समय लाइनमा प्रतीक्षा गरेका यात्रुहरु फर्किएका छन् । 
गाडी नपाएपछि यात्रुले नाराबाजी समेत गरेका थिए । भाेलि र पर्सी गाडी पठाउने भन्दै पास बाँडिएपछि विराेध मत्थर भएकाे थियाे । भाेलि र पर्सी धेरै गाडी अाइपुग्ने बताइएकाे छ । ईकन्तिपुरमा समाचार छ ।