उद्दार पछि खनालले आफू बाँच्नका लागि पिशाव खाएको बताएका छन्।
उनले भने, वरिपरी शव थिए, बाँच्नका लागि आफ्नै पिशाव पिएँ। उनले उद्धारका लागि सानो सानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए।
संचारमाध्यमका अनुसार भूकम्पले भत्किएको सात तले गेष्ट हाउस । पहिलो र दोस्रो तला भत्किएका थियो तर, माथिल्लो चार तला कायमै थियो । त्यही भत्किएको तलामा झण्डै ८४ घन्टासम्म रहेका ऋषी खनालको जिवितै उद्दार गरिएको छ । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्दार टोलीको १० घन्टा लामो प्रयासपछि मंगलबार राति १२ बजे खनालको उद्दार गरिएको हो ।
उद्दार गरेर बाहिर र्याउने क्रममा उनले ब्याक पेन, ब्याक पेन मात्र भन्न सके । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।
यसरी भेटिए खनाल
फूलबारी गेष्ट हाउसमा मानिस पुगिएको छ भन्ने खबर आएपछि सोमबार नै चिनियाँ टोली कुकुर समेत लिएर गौंगबु बसपार्क पुगेको थियो ।
उक्त क्षेत्रमा अर्को गेष्ट हाउस पनि त्यसरी नै भत्किाएको थियो । त्यहाँ पनि केही मानिस परेका छन् । तर, जिवित नभएको भन्दै टोली फर्कियो ।
मंगलबार सशस्त्र प्रहरीसँगै उद्दारका लागि नेपाल आएको फ्रेन्च टोली पुग्यो । उनीहरुसँग भग्नावशेषमा जिवित मानिस भए नभएको पत्ता लगाउने डिटेक्टर रहेछ । जसले फुलबारी गेष्ट हाउसमा जिवित मानिस हुन सक्ने बताएपछि आजाव दिन भनियो । तर, सकै रेस्पोन्स भएन ।
लगतै सशस्त्र प्रहरीका इनिस्पेक्टरभित्र पसेर कोही छ भने बोल्नुस् भने । तर, अवाज आएन । उनले कोही हुनुहुन्छ भने ढकढक्याउनुस् भने । लगतै केसैले आवाज दिएको सुनियो ।
त्यसपछि सुरु भने खनालले पुनर्जन्मको प्रक्रिया । फ्रान्सेली टोलीको सल्लाह अनुसार सशस्त्र प्रहरीको टोलीले ढलान काट्न सुरु गर्यो । त्यहाँबाट भित्र रहेका खनालसँगै अन्य दुई जना थाहा भयो ।
अन्य दुई जना साथीसंग काठमाडौं आएका उनी गोंगाबु बसपार्कस्थित सयपत्री गेष्ट हाउसमा बसेका थिए । उनका अन्य दुई साथीको मृत्यु भइसकेको छ । उद्दार लगत्तै उनले आफूलाई उद्दार गर्ने टोलीलाई पटक पटक धन्यवाद दिए । उक्त गेष्ट हाउसमा बस्ने अधिकांश पाहुना विदेश जाने तयारी गरिरहेका र विदेशबाट फर्किएकाहरु थिए ।