काठमाडौ – सरकारले महाभूकम्पबाट विशेष प्रभावित ११ जिल्लामा सबै शैक्षिक संस्थानलाई बैशाख ३१ गतेसम्मलाई बन्द गराएको छ । बागमती अञ्चलका ८ र त्यसबाहेक गोरखा, लमजुंग र दोलखा जिल्लाका शैक्षिक संस्थानहरुमा छुट्टि दिइएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता सह सचिव हरि लम्सालले बाल विकास तहदेखि उच्च शिक्षा तह सम्मलाई बिदा दिइएको बताए । विद्यालय, कलेज रहेका भवनहरुको प्राविधिक परीक्षण आवश्यक छ । लम्सालले भने( शिक्षकहरु उद्धार कार्यमा जुट्न सकुन, बालबालिका सुरक्षित रहुन भन्ने उद्देश्यले विदा थपिएको हो ।
यसअघि महाभूकम्पपछि ५ दिनको बिदा दिइएको थियो । बागमाती अंचलमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिंग र नुवाकोट पर्दछ । बागमाती अंचलमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिंग र नुवाकोट पर्दछ । ईकन्तिपुरमा समाचार छ ।