वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । ‘घरको पाँचौं तलामा खाना खादै थियौ एक्कासी घर पिङ जस्तै हल्लियो, खनका सुदिप खनालले भने, ‘घर भत्किएन र बाचियो ।’ बाहिर हेर्दा आँखै अगाडी ठुला घर भत्किए ।
आज शुक्रबार ५:३० बजे साँझ सन्धिखर्कमा । तस्बिर: अर्घाखाँचीडट्कम
घर भत्केको देख्दा बाँच्ने आशा थिएन । तछाड मछाड गर्दै घरबाट बाहिर निस्किए, काठमाडौ बसपार्क स्थित पसलमा जागिर गर्ने उनले निराश हुँदै भने, के विपत्ती आयो यस्तो । त्यतिबेला धेरैले भगवान बचाउ भनिरहेका थिए । घर हल्लिदा त शुरुमा विस्वासै लागेन । ‘जताततै घरहरु भत्किएको मान्छेहरु चिच्याईरहेको देख्दा म कतै सपनामा त छैन भन्ने लाग्यो’, छोरा पठाउन काठमाडौ घट्टेकुलोमा बस्दै आएकी खिल्जीकी कमला पौडेलले भनिन, ‘अब यस्तो विपत्ती कहिल्यै आई नपरोस ।’ बाचिएला भन्ने आशा थिएन । अर्घाखाँची आईपुग्दा राहतको सास फेरे । उनी दुई छोरा लिएर विहीबार सन्धिखर्क आईन । बजारसम्म लिन आएका उनका वुवाआमाले अंगालो हालेर सबैले आँसु खसाले । बाँचेर आएको भन्दै खुसी देखिए । ‘काल अझै आएको रहेन्छ’, उनले भनिन, ‘छिनभरमै आँखै अगाडी मान्छे्हरु पुरिएको, च्यापिएर र घरले किचेर बचाउ भन्दै चिच्याईरहेको दृश्य देख्दा अझै पनि मनमा त्रास र पीडा हुन्छ म हात जोडेर प्राथाना गर्छु फेरी यस्तो कहिल्यै नहोस ।’
उनीसहित सयौ जिल्ला भित्रिए । काठमाडौमा विभिन्न पेशा, व्यावसाय, रोजगार, अध्ययन, अध्ययापन गर्नेहरु जिल्ला भित्रिनेको लर्काे छ । दसैमा जस्तै गाडीमा भीडभाड छ । अहिले बस, माईक्रोमा खचाखच यात्रु भरिएका छन । सदरमुकामबाट घर जाने यात्रुको चापले जीप, बसको छत पनि भरिएका छन । उनी जस्तै ढाकावाङका टोपलाल खनालले पनि यस्तै कामना गरे जे हुने भैहाल्यो अब यस्तो विपत्तीको दुःख कहिल्यै भोग्न नपरोस । भुकम्पबाट बाँचेर आएकाहरु भन्छन, यसपाली मृत्युको मुखबाट बाचियो । ‘म पनि धरहरा चढन जादै थिए’, बसन्त अधिकारीले भने, ‘सुन्धाराको आकाशेपुल चढदै के थिए पुलै हल्लियो भुईमा लडे’ उठेर हेर्दा हेर्दै मान्छे चिच्याउदै भागाभाग गरेको देखे, घरहरु भत्किएको छिनभरमै धरहरा पल्टेको आवाज आयो हेर्दा धुलो उडिरहेको थियो ।’ रत्नमापर्कमा साथी भेटियो करिब २० मिनेट गफमा भुलियो । ‘सायद साथी नभेटिएको भए के हुन्थ्यो थाहा छैन,’ उनले भने ‘चार दिनसम्म त्रिपालमुनी ड्राई फुड खाएर बसे ।’ घर फर्कने भनेर कलंकीबाट बसमा खुटो राखेपछि मनमा त्रास हट्यो ।
सन्धिखर्कसम्म लिन आएका उनका वावुले भने छोरा पुनःजन्म पाईस अब धेरै बाच्छस राम्रो काम गर्छन । सन्धिखर्कको शान्ति वगैचा, बसपार्क र जीपपार्कसम्म आफन्तहरु लिन आएका छन । बसबाट ओर्लने बित्तिकै आफन्तले अंगालो हालेर खुसीयाली साटासाट गरेका छन । ‘टिभीमा त्यो विपत्तीको दृश्य हेर्दा चार दिनसम्म भात खानै मन लागेन’, छोरी लिन चुत्रावेशी आएकी धारपानीकी शुष्पा केसीले भनिन, ‘हे भगवान अब यस्तो कहिल्यै सुन्न र देख्न नपरोस ।’ दसैतिहारको बेला पनि नआउनेहरु यतिबेला घरमा आईरहेका छन ।