सन्धिखर्क । अर्घाखाँची जिल्लाका सन्धिखर्क नगरपालिका सहित सबै गाबिसहरुमा भूकम्पले करिब १ सय वटा घरमा पूर्णरुपमा क्षति पुर्याएको छ ।
गृहमन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार पूर्णरुपमा क्षति भएका घरको संख्या १ सय भने आंशिक क्षति पुगेका घरको संख्या पनि १ सय छ ।
यो तथ्य अनुसार हालसम्म १ सय घरमा भूकम्पले असर पुर्याएको छ । तर, यो सूचीमा बढी क्षति भएका गाबिसको घर – क्षतिको विवरण समावेश छैन ।
त्यहाँको क्षतिको आँकलन एक सातासम्म गर्न सकिएको छैन । त्यसैगरी १ सय घरहरुको क्षतिको यो सूचीमा विद्यालय र सरकारी भवनहरुको पनि तथ्य समावेश छैन ।
उता मुलुकभर भूकम्पले करिब ४५ जिल्लाका घरमा क्षति पुर्याएको छ । गृहमन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार पूर्णरुपमा क्षति भएका घरको संख्या १ लाख ३० हजार ४ सय ८९ छ भने आंशिक क्षति पुगेका घरको संख्या १ लाख ३४ हजार ९ सय ६३ छ । यो तथ्य अनुसार हालसम्म २ लाख ६५ हजार ४ सय ५२ वटा घरमा भूकम्पले असर पुर्याएको छ ।
तस्बिरमा डिभर्ना जोगिमारे । फोटो: फेसबूकबाट