महाभूकम्पले शीतल निवास चर्किएपछि राष्ट्रपति रामवरण्या यादवको ६ दिनसम्म त्रिपाल बास भयो। दुई ठूला भवनमध्ये पश्चिमपट्टिको पुरानोमा कार्यालय व्यवस्थापन गरिएको थियो।
त्यसलाई अहिले नयाँ भवनकै भुइँतलामा सारिएको छ। भूकम्पको धक्का कम हुँदै गएपछि राष्ट्रपति यादव बिहीबार भवनमा सरेका छन् ।
प्राविधिकहरुको प्रारम्भिक अध्ययनले भने पुरानो भवन कमजोर भएकाले प्रयोग गर्न नमिल्ने सुझाव दिएका छन्।