फेरी निरन्तर भूकम्पका धक्का महशुस, स-साना धक्का महिनाैंसम्म जान सक्ने

काठमाडौँ । काठमाडौं । नुवाकोटको ओखरपौवालाई केन्द्र बनाएर आइतबार अपरान्ह भूकम्प गएको छ । ५ बजेर २० मिनेट जाँदा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यका सहित नुवाकोट आसपासका जिल्लामा महसुस गरिएको छ । काठमाडौंका बासिन्दा धक्का महसुस गर्ने बित्तिकै घरबाट बाहिर निस्किएका थिए ।
आइतबार बिहान तीन पटक भूकम्पको महसुस भएको थियो । आइतबार आएका मध्ये पछिल्लो धक्का सबैभन्दा ठूलो  हो ।
शनिबार गोरखाको वारपाकलाई केन्द्र बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाादा ठूलो जनधनको क्षति हुँदा राष्ट्रिय संकट उत्पन्न भएको छ । त्यसपछि पटक पटक धक्का महसुस भएपछि नेपालीहरु त्रसित छन् ।
तर भूगर्भविदहरुले यसलाई स्वाभाविक मान्छन् । यो पराकम्पनबाट आत्तिन नपर्ने तर सजग हुनुपर्ने बताउँछन् । यसअघि चर्किएका घरहरु बस्नयोग्य भए नभएको एकीन नभएसम्म घरमा जानु हुँदैन । बस्न योग्य छ की छैन भनेर आफ्नो घरको आफैले परीक्षण गर्न सकिन्छ । अन्लाईनखबरमा समाचार छ । 

आइतबार बिहान मात्र सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर तीन वटा भूकम्पका महसुस भएका छन् ।
बिहान तीन बजेर २९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.५ रेक्टर म्याग्निच्युड स्केल, ४ बजेर २४ मिनेट जाँदा धादिङ केन्द्र भएर ४.० रेक्टर म्याग्निच्युड स्केल र ५ बजेर ४७ मिनेट जाँदा गोरखा केन्द्र भएर ४.० रेक्टर म्याग्निच्युड स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
यससँगै गत शनिबारदेखि हालसम्म चार म्याग्निच्युड रिक्टर स्केलभन्दा माथिका एक सय २८ भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रुपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार भूकम्पको धक्का विस्तारै न्यून हुँदै गएको छ ।
६ म्याग्निच्युड रिक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन । ठूलो रिक्टर स्केलको भूकम्प आएको हुनाले स-साना धक्का महिनाैंसम्म जान सक्छ । रासस