काठमाडौ – सरकारले महाभूकम्पपछि खोज तथा उद्धारका लागि आएका विदेशी टोलीहरुलाई फिर्ता पठाउने तयारी गरेको छ । केन्द्रीय दैवी प्रकोप उद्धार समितिको आईतबार बसेको बैठकले विदेशी टोलीलाई धन्यवाद सहित फिर्ता जान आग्रह गर्ने निर्णय गरेको हो । समितिको उक्त निर्णय मान्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ ।
गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मन्त्रिपरिषद्को निर्णयबाटै विदेशी टोली आएकाले फिर्ता पठाउनपनि त्यहाँबाट निर्णय हुनुपर्ने बताए ।