महाभूकम्पले चर्काएपछि राष्ट्रपति भवन बस्न अयाेग्य

 काठमाडौ – राष्ट्रपति भवन शितल निवासको निरिक्षण पछि भवन विभागका प्राविधिकहरूले पछाडीको भागमा रातो स्टिकर टाँसेका छन् । यस्तै अगाडीका चार कोठा बाहेक अन्य सबैमा पहेंलो स्टिर टाँसेका छन् ।
प्राविधिक निरिक्षण पछि रातो स्टिर टाँसेको भागलाई भत्काएरै पुन:निर्माण गर्नुपर्छ भने पहेंलो स्टिकर भए ममर्त पछि प्रयोग गर्न सकिन्छ ।
महाभूकम्पले शितल निवास चर्काएपछि राष्ट्रपति रामवरण यादवको ६ दिनसम्म त्रिपाल वास भएकाे थियाे । दुई ठूला भवनमध्ये पश्चिमपट्टिको पुरानोमा कार्यालय व्यवस्थापन गरिएको थियो । जसलाई अहिले नयाँ भवनकै भूइतलामा सारिएको छ । 
भूकम्पको धक्का कम हुँदै गएपछि राष्ट्रपति यादव विहीवार भवनमा सरेका थिए। उनी हाल शितल निवास भित्रकै नयाँ भवनमा बसीरहेका छन् । ईकन्तिपुरमा समाचार छ ।