काठमाडौ – मनसुन आउन अझैं एक महिनाभन्दा बढी समय भएकाले नआत्तिई संरचना निर्माणमा तल्लिन हुन मौसमविद्ले सुझाएका छन् । नेपमालमा सामान्यतया जुन १० (जेठ अन्तिम)बाट मनसुन सुरु हुने भएपनि पछिल्ला केही वर्षदेखि असार पहिलो सातादेखि मात्रै मनसुन सुरु हुने गरेको छ ।
‘मनसुनी वर्षा सुरु हुने बेला भएको छैन, ढुक्कसंग संरचना बनाएर जनतालाई राहत दिलाउन सरकारलाई हाम्रो सुझाव छ’, जल तथा मौसम पूर्वानुमान महाशाखामा मौसमविद् बरुण पौडेलले बिहीवार भने, ‘अहिले हामी मनसुनको समयमा छौं, यो सामान्य बदली मात्रै हो, मनसुनी वर्षा हुन अझै एक महिना बढी समय लाग्छ ।’ मनसुनका लागि एक महिनाभन्दा बढी समय बचेकाले भुकम्पबाट पीडितलाई अस्थायी संरचना बनाउन समय यथेष्ट हुने उनीहरुको सुझाव छ ।
महाशाखाले उच्च हिमाली र पहाडी भागको मौसममा सामान्य गडबडी भए पनि तराईका जिल्लामा कुनै समस्या नभएको जनाएको छ । प्रिमनसुनको अवधिमा अपरान्हपछि हल्का वषर्ा हुनु सामान्य हो । जुन १० देखि मनसुन सुरु हुनुपर्ने भए पनि गत वर्ष १० दिन ढिलो गरी सुरु भएको थियो । ईकान्तिपुरमा समाचार छ ।