काठमाडौं । महाभूकम्पपछि सुनसान बनेको राजधानीको जनजीवन बल्ल सामान्य बन्न थालेको छ ।
महाभूकम्प गएको दुई सातापछि पसल तथा मुख्य व्यापारिक केन्द्रहरु खुल्न थालेका छन् । मुख्य बजारहरुमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । सडकमा सवारी-साधनहरु पनि विस्तारै बढ्दै गएका छन् ।
महाभूकम्पपछि त्रासमा परेर राजधानी छाडी विभिन्न ठाउँमा पुग्नेहरु पनि विस्तारै फर्कन थालेका छन् । जनजीवन सामान्य बन्दै गएपनि भूकम्पको धक्का महसुस भइरहेकाले सर्वसाधारणमा त्रास भने हटेको छैन । – इमेजखबरमा समाचार छ ।