इजरेलमा संसदको निर्वाचन भएको सात हप्तापछि बल्ल नयाँ सरकार निर्माणको टुंगो लागेको छ । चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा पुग्न लिकुड पार्टीका नेता बेन्जामिन नेतन्याहूलाई ६१ सदस्यको समर्थन जरुरी थियो ।
१२० सिटको इजरायली संसद क्नेसेटमा जम्मा ३० सिट मात्र भएको लिकुडले अरु तीन दलको समर्थन जुटाएपनि सरकार बनाउन आठ सिट पुगेको थिएन । त्यसका लागि दक्षिणपन्थी पार्टी हबाइयत यहूदीको समर्थन जरुरी थियो । उक्त पार्टीका नेता नफताली बेनेटले मागेको कानुन मन्त्रालय दिने शर्तमा नेतन्याहू सरकार बनाउन सफल भएका हुन् ।
नेतन्याहू १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । इजरायलको ६७ वर्षे इतिहासमा एउटै पार्टीले बहुमत ल्याउन नसक्दा सधै गठबन्धन सरकार बनाउनुपरेको छ ।
पूर्वविदेशमन्त्री एवं नेतन्याहूको सहयोगी रहिसकेका अविग्दोर लिबरमैनले भने गठबन्धनलाई अपवित्र भन्दै सरकारलाई समर्थन नगर्ने जनाएका थिए । इजरेलमा १७ मार्चमा आमनिर्वाचन भएको थियो । (एजेन्सी)