मंगलबार फेरि गएको ७.३ रेक्टर स्केलको ठूलो भूकम्पपछि अर्घाखाँचीको अवस्था सामान्य, क्षति केही भएको छैन

सन्धिखर्क ।
 

सन्धिखर्क, अर्घाखाँची । दिउसो २ बजे सम्म प्राप्त जानकारी अनुसार मंगलबार फेरि गएको ७.३ रेक्टर स्केलको ठूलो भूकम्पबाट अर्घाखाँची जिल्लामा अहिले सम्म मानविय एवम ठुलो भौतिक क्षति केही भएको छैन । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार अहिले सम्म जिल्लाका अन्य गाबिसमा सामान्य रुपमा घरहरु चर्किए पनि  अरु त्यस्तो केही छैन ।  
सन्धिखर्क नगरपालिका लगायत अन्य गाबिसहरु जस्तै असुरकोट , अडगुरी, अर्घातोस, केरुङ्गा, खन, खनदह, खिदीम, खिल्जी, गोखुङ्गा, चिदीका, छत्रगञ्ज, जलुके, जुकेना, ठाडा, ठुलापोखरा, ढाकावाङ्, ढिकुरा, धनचौर, धातिवाङ, धारापानी, नुवाकोट, पटौटी, पणेना, पाली, पोखराथोक, बल्कोट, बाँगी, भगवती, मरेङ, मैदान, सिद्वारा, सिमलपानी, सीतापुर, सुवर्णखाल र हंशपूरबाट प्राप्त पछील्लो समाचार अनुसार कुनै क्षती भएको छैन । सबै गाउँको अवस्था सामान्य छ । 
जिल्ला अस्पताल अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई जानकारी दिए अनुसार अहिले सम्म मानवीय क्षती भएर कोही पनि उपचारको लागि आएका छैनन । 
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा कुनै क्षती भएको विवरण आएको छैन । अहिले  मानिसहरु घर बाहिर निस्किएर बसेका छन ।   

अन्य समाचारहरु