नेपाल आमाको पुकार

बाबु रोका मगर
अर्घाखाँची हाल (दिल्ली) भारत  
कहाँ छौ तिमी हे युवा छोरा छोरीहरु हो मेरो छाती चिरिदा 
कहाँ छौ तिमी हे नेताहरु हो मेरो आँखा बाट बलिन्द्र आँशु बगी रहदा 
तिमीहरुलाई कर्म दिन नसकेपनि जन्म दिएकै हुँ 
हुर्काए बढाए पहिचान दिए मैले आफ्नो कर्तब्य निभाएकै हुँ 
  
हिजो भूकम्पले मेरो छाती चिरिदा छिमेकी ले गुहार दिए 
तर तिम्रो कुनै अत्तोपत्तो भएन नचाहेर पनि उनीहरुको सहारा लिए 
तिमीहरुलाई गरि खानको लागि दिएको छु हिमाल,पहाड,तराइ 
त्यो तिमीहरुलाई मन परेनकी के हो हुदै गयौ किन म देखि पराइ 
अन्य मुलुकमा गएर तिमी जस्तोसुकै काम गर्न तत्पर हुन्छौ
आज आफ्नै घरमा दुख पर्दा तिमी टुलुटुलु हेर्दै रुन्छौ
के यहि हो त तिमीहरुको कर्तब्य आफ्नो मातृभूमि प्रति गर्ने श्रद्दा 
पैसाको लागि स्वार्थि नबन भोलि कोहि हुने छैनन् तिमीलाई दुख पर्दा 
आउ अब तिमीहरु हातेमालो गर्दै एकजुट भएर 
यो दुखेको घाउमा मलम लगाउ सच्चा नेपाली भएर  
अनि मात्र मलाई गर्व हुनेछ र खुशी हुनेछु 
कि मैले सच्चा नेपाली छोराछोरीको जन्म दिएको छु |