सिन्धुपाल्चोक र दोलखामा केन्द्रबिन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्प पछि लगातार ५ रेक्टर स्केलभन्दा ठूलो ६ वटा पराकम्पन गएको छ।
१ बजेर २ मिनेटमा दोलखा केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको पराकम्पन गएको छ। यस्तै १ बजेर २१ मिनेटमा दोलखा केन्द्र बिन्दुनै बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गयो।
यस्तै सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर लगातार दुई पटक १ बजेर ५१ र १ बजेर ५८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ। यस्तै फेरि दोलखा केन्द्र बिन्दु २ बजेर ६ मिनेट तथा २ बजेर ४४ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ। सेतोपाटीमा समाचार छ ।