अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरबबाट भुकम्प पीडितको राहतको लागि दुई लाख रुपैया सहयोग

भूकम्प पीडतलाई अर्घाखाँची प्रबासी सम्पर्क मञ्चले साउदी अरबबाट दुई लाख रुपैयाँ राहत सहयोग नेपाल पठाएको छ ।
भूकम्प पीडितको सहयोगार्थ मञ्चले उक्त राहत रकम मंगलबार प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गरेको हो । मञ्चले नेपालमा आएको ठूलो भूकम्पको पीडामा रहेका नेपाली दाजूभाई दिदीबहिनीहरुको घाउमा मलम लगाउन साउदी अरबमा राहत संकलन अभियान सुरु गरेर संकलित राहत रकम नेपाल पठाएका हो ।
साथै अर्घाखाँची प्रवासी सम्पर्क मञ्चले भूकम्पले राजधानी सहित देशका बिभिन्न भूभागका बस्तीमा पुर्‍याएको ठुलो बिनाश र जनधनको क्षतिप्रति गहिरो शोक समेत व्यक्त गरेको छ ।
अर्घाखाँची प्रबासी सम्पर्क मञ्चको बैठकले संकलित राहत रकम प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरेको थियो । त्यसैअनुसार भूकम्पको पीडामा परेका नेपालीहरुको घाउमा मलम लगाउन संकलित राहत रकम दुई लाख रुपैयाँ नेपाल पठाइएको मन्चका अध्यक्ष गिरिराज खनालले बताउनु भयो । 
संकलन अभियानलाई अझै प्रभावकारी बनाउन मञ्चले योजना समेत अघि सारेको छ । जसअन्तर्गत सबै नेपाली संघसस्थामा पुगेर अभियानमा सहयोग गर्नै आग्रहग गरिने छ ।

अन्य समाचारहरु