काठमाडौँ । भूकम्पको त्रासदी कम भएपछि गृह जिल्ला पर्वत पुगेकी विष्णुकुमारी न्यौपानेलाई काठमाडौँ फर्केकोमा पछुतो लागेको छ ।
यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि क्रमिकरुपमा कम हुँदै गएका पराकम्पनले काठमाडौँ उपत्यकाको जनजीवन सामान्य भएपछि न्यौपाने गत सोमबार पुनः काठमाडौँ फर्केकी थिइन् ।
भद्रकालीप्लाजाको खाली जग्गामा त्रिपालमा बस्दै आएकी न्यौपानेजस्तै लाखौँ सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए तर काठमाडौँको जनजीवन सामान्य बन्दै जान थालेपछि कामकाजी अधिकांश सर्वसाधारण क्रमशः राजधानी फर्कन थालेका थिए ।
पाल्पाबाट काठमाडौँ आउँदै गरेकी कुबिजा अर्याल मङ्गलबार गएको भूकम्पको ठूलो पराकम्पनको समाचार सुनेपछि बीचबाटो (पोखराबाटै) पुनः घर फर्किन् ।
भूकम्पपछि निरन्तर गइरहेको पराकम्पनको त्रासले राजधानी आउन डराएकी अर्याल एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै सयौँ सर्वसाधारण विभिन्न जिल्लाबाट राजधानी आउन लागेको भएपनि मङ्गलबारको शक्तिशाली पराकम्पनपछि आ