उत्तर कोरियीली नेता किमजोङ प्रति बफादार नभएको आरोप रक्षामन्त्रीलाई एन्टी एयरक्राफ्ट फिसाइलले हानेर मृत्युदण्ड

North_Koreaउत्तर कोरियीली रक्षामन्त्री ह्योन-योङ चोललाई  एन्टी एयरक्राफ्ट फिसाइलले हानेर मृत्युदण्ड दिइएको दक्षीण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ ।
रक्षामन्त्री चोल उत्तर कोरियाली नेता किमजोङ उन प्रति बफादार नभएको आरोप लागउँदै उनलाई मृत्युदण्डको सजाय दिइएको त्यहाँको संसदलाई जानकारी गराइएको थियो ।
बिबिसिका अनुसार रक्षामन्त्री चोल किमको एक कार्यक्रममा निदाएका थिए र उनलाई दिइएको निर्देशन पालना गरेका थिएनन् । उनलाई ३० अप्रीलको दिन मृत्युदण्ड दिइएको दक्षीण कोरियाली जासुसी संस्थाले बताएको छ ।
गत सातामात्रै उत्तर कोरियाका १५ जना उच्च अधिकारीलाई मृत्युदण्ड दिइएको खबर सार्वजनिक भएको थियो । यस्तै सन् २०१३ मा किमले आफू विरुद्ध कु गर्ने षडयन्त्र गरेको आरोपमा आफ्नै काकालाई पनि मृत्युदण्ड दिएका थिए ।  एजेन्सी