भुकम्प पीडित राहतका लागि भारतबाट ल्याएका त्रिपालहरू बद्नियतपूर्वक नीजी गोदाममा राख्ने सिन्धुपाल्चोक थकनी-८ का आङकाजी तामाङलाई मंगलबार महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको छ।
नेपाल सरकारले भारतस्थित नेपाली दूतावासबाट खरीद गरी एक ट्रकमा ४ सय ७३ प्याकेटमा राखी ल्याएका ५ हजार थान राहतका त्रिपालहरु तामाङले जिल्ला प्रशासन कार्यालय रुपन्देही वा केन्द्रीय राहत कोषमा दाखिला गर्नुपर्नेमा नेपाल भारत सम्पर्क मञ्चले सिन्धुपाल्चोकको लागि पठाएको राहतको सामाग्रीसँगै बद्नियतपूर्वक जोरपाटीस्थित आफ्नै नीजी गोदाममा लागि भण्डारण गरेको जानकारी पाउनासाथ प्रहरीले उक्त प्याकेटमध्ये ३ सय ७१ प्याकेट बरामद गरी तामाङलाई पक्राउ गरेको हो।
बरामद राहतका त्रिपालहरू प्रहरीले केन्द्रीय राहत कोषमा दाखिला गरेको छ भने फेला नपरेका अन्य १ सय २ प्याकेट त्रिपालहरुको खोजी भइरहेको छ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ। सेतोपाटीमा समाचार छ ।